काठमाण्डौं – सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् ।
नक्सा नापी विभागले तयार पारेको हो ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए ।
तीनवटा प्रदेशको नामाकरण सहितको नक्सा प्रकाशन गरिएको घट्टले जानकारी दिए ।
विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र्रदेशको नाम समेटिएको छ ।
प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को नामकरण भएको छैन ।
नक्सामा सातवटै प्रदेश, प्रदेश राजधानी, प्रमुख राजमार्ग, सहर सीमा, निकुञ्ज, नदी र प्रमुख ठाउँ समेटिएको छ ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS