काठमाण्डौँ — एनआईसी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ फत्तेपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
उक्त नयाँ शाखा कार्यलयको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले गरे ।
बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ ।
FACEBOOK COMMENTS