![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरूले आज शुक्रबार जारी गरेको संयुक्त आदेश अनुसार माघ महिनाभर शैक्षिक संस्थाहरू बन्द गरिने भएको छ ।
आदेश अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप भौतिक उपस्थितिमा गर्न पाइने छैन । तर यस्ता क्रियाकलापहरू भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधिमा भने सञ्चालन गर्न पाइने छ ।
तर, जनशक्ति भर्ना परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर सञ्चालन गर्न सकिने नयाँ आदेशमा उल्लेख छ ।
अन्य शैक्षिक संस्थाका हकमा कोभिड–१९ विरुद्धको खोप लगाउन तोकिएको दिन शैक्षिक संस्थाहरूले आ–आफ्ना विद्यार्थीहरूलाई सम्बन्धित शैक्षिक संस्थामा बोलाउन पाउने छन् ।
यो पनि पढ्नुहोस्–
![]()
बस, माइक्रो र टेम्पोमा लाग्दै आएको जोरबिजोर प्रणाली हटाइयो (नयाँ आदेशसहित)
FACEBOOK COMMENTS