काठमाण्डौँ — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जहाज चढ्ने र ओराल्ने ठाउँको निर्माण सकिएको छ ।
५ हजार ५ सय १९ वर्गमिटरको एप्रोनको निर्माण सकिएको आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलले बताए ।
यतिबेला रनवे, टर्मिनल भवनलगायत संरचना धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
हालसम्म आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
विमानस्थल २०२१ जुलाई १० भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता छ ।
FACEBOOK COMMENTS