काठमाडौं – फागु तथा होलीमा कसैले कसैलाई ईच्छाविपरित रंग दलेमा वा लोला हानेमा मुद्दा चलाईने भएको छ ।
काठमाडौं प्रहरी परिषरले होली पर्बमा ईच्छाविपरित लोला हान्ने वा रंग दल्ने गरिएमा मुद्दा चलाउने निर्णय गरेको हो ।
यस्तै अभद्र तरिकाले कसैले होली खेलेको पाईएमा पनि तत्काल पक्राउ गरेर हिरासतमा लिईने काठमाडौं प्रहरी परिषरले जनाएको छ ।
परिषरका अनुसार होलीको दिनका लागि भनेर १ हजार ७ सय ११ जना प्रहरी अधिकारी पनि फिल्डमा खटिने भएका छन ।
FACEBOOK COMMENTS