काठमाण्डौ – सेयर लगानीकर्ताको दवाब समूहले धितोपत्र बोर्डमा तालाबन्दी गरेको छ ।
दवाब समूहले आफ्नो पूर्वघोषित कार्यक्रममा केही संसोधन गर्दै जाउलाखेलस्थित धितोपत्र बोर्डमा तालाबन्दी गरिदिएको हो ।
उनीहरुले घोषणा गरेको कार्यक्रम अनुसार आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गरी प्रदर्शन गर्ने भनिएको थियो।
तर, बोर्ड अध्यक्ष र कार्यकारी निर्देशकको निवास अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दवाब समूहले पूर्व निर्धारित आन्दोलनको कार्यक्रममा परिवर्तन गरी बोर्डमा तालाबन्दी गरेको दवाव समुहले जनाएको छ ।
उनका अनुसार शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा लगानीकर्ता दवाब समूहले बजार सुधार र विकासका लागि उठाएका ३२ बुँदे मागपत्र दर्ता गराएको छ ।
FACEBOOK COMMENTS