काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’को आयोजना गर्ने भएको छ ।
यो क्याम्पेन पहिलेको भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीको विश्वास छ । यो अभियानले मुख्य गरी मानिसहरूको रंगीनतालाई उजागर गर्न खोजेको पनि बताइएको छ । ‘जुनसुकै उमेर, लिङ्ग, पेशा भए पनि हरेक मानिसहरू आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिएरहेका हुन्छन् । मानिसहरूको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो क्याम्पेनमा दुई वटा नयाँँ टेलिभिजन विज्ञापनहरू छन् जसले मस्तीका रंगहरूसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरू र बाइक स्टन्टर्सहरूमार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ । यी विज्ञापनहरूले रंगको शक्ति र तिनीहरूले हामीलाई प्रदान गर्ने चञ्चलतालाई देखाएका छन् ।
यो क्याम्पेनको अर्को विज्ञापनले चाँहि होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ । होली उत्सवको एउटा हिस्साको रूपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्दै छ, जुन काठमाडौं, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ ।
यी कार्यक्रमहरूमा रमाइला र सहभागितामुलक गतिविधिहरू राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरूसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापनहरू भिडियो, सिनेमा, इन्फ्लुएन्सरहरू र सामाजिक सञ्जालसहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन् ।
FACEBOOK COMMENTS