काठमाडौं । नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दिपक मल्होत्रा र महासचिवमा गोपालदास मानन्धर निर्वाचित भएका छन् ।
गत बिहीबार सम्पन्न नेपाल–भियतनाम उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभाले दीपक मल्होत्राको अध्यक्षतामा आगामी तीन वर्षका लागि पूर्वसहायकमन्त्री राजेशकाजी श्रेष्ठसहित २५ जनालाई कार्यसमितिमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका हुन् ।
मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा नेपाल–भियतनाम उद्योग वाणिज्य संघले योगदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS