काठमाडौं– संयुक्त अरब इमिरेटस (युएई)ले नेपालमा लगानीको वातावरण भए आफ्ना देशका नागरिक नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको छ।
काठमाण्डौंमा जारी लगानी सम्मेलनमा बोल्दै युएईका वैदेशिक व्यापार तथा आर्थिक मामिला मन्त्रालयका सहसचिव अब्दुल्लाह अल सलाहले यो कुरा बताएका हुन्।
नेपालमा लगानी आउन नसक्नुको प्रमुख कारण नेपाल र युएईबीच रहेको दोहोरो कर प्रणाली हुन सक्ने बताएका छन् ।
‘व्यापारका हिसाबले नेपाल र युएइबीच निकै राम्रो सम्बन्ध छ। तर लगानीका हिसाबले हामी कमजोर छौं। त्यसको मुख्य कारण कर प्रणाली हो भन्ने मेरो बुझाई छ। नेपाल र युएईबीच रहेको दोहोरो कर प्रणाली अन्त्य हुनुपर्छ,’ सहसचिव अलाहले भने।
आर्थिक विकासका हिसाबले निकै अगाडि देखिएको युएईका लगानीकर्ता विश्वभर आफ्नो उद्योग र व्यापारको साम्राज्य बनाइरहेका छन्। तर नेपालमा भने उक्त मुलुकबाट निकै कम लगानी आएको छ।
नेपाल युएईका लगानीकर्ताबाट कस्तो खालको लगानी चाहान्छ भन्ने स्पष्ट हुन जरुरी रहेको उनेको भनाइ थियो। ‘हामी नेपालमा किन पनि लगानी गर्न चाहान्छौं तर नेपालले सबैभन्दा पहिले नेपालले आफ्नो प्राथमिकता के हो भन्ने स्पष्ट हुनपर्छ,’ उनले भने।
युएईले आफ्नो देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न जाउ भन्दा के भनेर पठाउने भन्ने आधार नेपालले खोज्नुपर्ने उनको भनाइ थियो।
FACEBOOK COMMENTS