काठमाण्डौँ — संघीय संसद्को विकास तथा प्रविधि समितिले बाह्य चक्रपथ निर्माणमा देखिएको अन्योल हटाउन सरकारलाई निर्देशन दिएको छ ।
करिब १८ वर्षदेखि चर्चामा रहेको चक्रपथबारे जनतामा द्विविधा रहेको भन्दै समिति सभापति कल्याणी खडकाले ढिलाइको कारण तथा समस्या स्पष्ट पार्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकी हुन् ।
बैठकमा अधिकांशका सांसदले बाह्य चक्रपथ हल्ला मात्र भएको भन्दै निर्माण गर्न निकै कठिन भएको दाबी गरे ।
सांसद टोपबहादुर रायमाझीले सरकारले प्रत्येक वर्ष छुट्याउने खुद्रा बजेटबाट बाहिरी चक्रपथ विकास गर्न निकै कठिन भएको बताए ।
सांसद प्रभु साहले डीपीआरका लागि करोडौं रुपैयाँ विनियोजन गरिए पनि ठोस काम हुन नसकेको बताए ।
उपत्यका विकास प्राधिकरणका अनुसार चक्रपथको नापजाँच ९सर्भे० गर्ने काम सम्पन्न भएको छ ।
त्यसका साथै नमुना जग्गा एकीकरण तयार गर्ने, टाउन स्केप, एलाइनमेन्टको प्राविधिक मूल्यांकन र चक्रपथको इन्टरसेक्सन विकास तथा विस्तार गर्न अध्ययन भइरहेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS