Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौँ – फेसबुकले नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ लैजाने गरेको छ ।
९३ लाख प्रयोगकर्ताबाट फेसबुकले १२ अर्ब रुपैयाँ लैजाने गरेको हो ।
त्यसैगरी नेपालमा यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
इन्टरनेटको पहुँच ५६.७ प्रतिशत रहेको छ भने मोबाइलको पहुँच १३३ प्रतिशतमा पुगेको उनले बताएका छन् ।
प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
सो बैठकमा उनले सामाजिक सञ्जाल नेपालमा दर्ता हुनु पर्ने र नभएमा कानूनी कारवाही गर्ने बताए । उनले भने–‘दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिन्छ ।’
बेलायतमा सामाजिक सञ्जालको गलत प्रयोग गरेमा ५ हजार पाउण्ड जरिवाना र ६ महिना कैद वा दुबै हुन्छ । भारत मै पनि ५ वर्ष कैद र १ लाख जरिवाना वा दुबै हुने कानूनी व्यवस्था छ । त्यसकारण पनि सामाजिक सञ्जालको नियमन गर्नु आवश्यक रहेको उनले बताए ।
FACEBOOK COMMENTS