काठमाण्डौँ — नेपाल राष्ट्र बैंकले निजी, सार्वजनिक वा कम्पनीले राष्ट्र बैंकलाई वास्तविक तथ्यांक उपलब्ध गराउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले बिर्तामोडमा आयोजना गरेको ‘आर्थिक तथा बैंकिङ तथ्यांक संकलनसम्बन्धी गोष्ठी’मा आर्थिक सूचकलाई व्यवस्थित गर्नका लागि हरेक संघ, संस्थाको वास्तविक तथ्यांक संकलन गरेर वित्तीय विश्लेषण गर्न सहज बनाउन आग्रह गरेको छ ।
राष्ट्रिय तथ्यांक विभागले वर्षको अन्त्यमा मात्र तथ्यांक सार्वजनिक गर्ने हुनाले आर्थिक क्षेत्रसम्बन्धी ऐन निर्माण गर्न राष्ट्र बैंकले आफैँ तथ्यांक संकलन गर्दै आएको नेपाल राष्ट्र बैंकका विराटनगर निर्देशक विनोद आचार्यले बताए ।
बैंकले समष्टिगत अर्थतन्त्र, वित्तीय बजारको विकास, मूद्रा प्रदायक, मूल्य स्थिरता, कर्जाको बिस्तार, शोधनान्तर तथा विदेशी विनिमय जस्ता विषयमा आपmुले गरेको तथ्यांकगत विश्लेषणको जानकारी नियमितरूपले सार्वजनिकरूपमा प्रकाशन र प्रसारण गर्दै आएको जनाएको हो ।
राष्ट्र बैंकले अनुरोध गरेको खण्डमा नेपाल सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रले बैंकलाई आर्थिक तथा वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS