काठमाण्डौँ — आगामी आर्थिक बर्ष २०७६/७७ मा नेपालगन्ज उपमहानगरपालिकाको आय बृद्धि हुने उपमहानगरले जनाएको छ ।
आय बढेर दुई अर्ब भन्दा बढी पुग्ने अनुमान सो कार्यालयले गरेको छ ।
संघ, प्रदेश तथा अन्य निकाय तथा आन्तरिक स्रोतबाट आगामी आर्थिक बर्षमा २ अर्ब ३६ करोड ११ लाख ७० हजार ३६ रुपैयाँ आय प्राप्त हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त अनुमानित आयसहितको बजेट सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णय गरेको उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत खिमानन्द अर्यालले जनाए ।
उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट मात्रै १७ करोड बढी आय प्राप्त हुने अनुमान गरेको छ ।
बोर्ड बैठकले आन्तरिक आयतर्फ सम्पत्ति करबाट ४ करोड, भाडा तथा घर बहाल करबाट १ करोड ७५ लाख, वहाल करबाट ३ करोड, व्यवसाय रजिष्ट्रेशनबाट १ करोड ५० लाख आम्दानी अनुमान गरेको छ ।
—कारोबार
FACEBOOK COMMENTS