काठमाण्डौँ — एनआई सी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज
रुपमा महालक्ष्मी लाइफइन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाप्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृतरमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS