काठमाण्डौँ — नबिल बैंकले ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केटसँग ऋणपत्र निष्काशन तथा व्यवस्थापन सम्झौता गरेको छ ।
बैंकले २ अर्ब बराबरको (२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ १ हजारका दरले) ऋणपत्र निष्काशन गर्न लागेको हो ।
सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।
लक्ष्मी क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायीको रुपमा प्राथमिक सेयर निष्काशन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS