काठमाडौं– हिमालयन उर्जा विकास कम्पनीले बुधबार देखी सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गरेको छ।
कम्पनीले सर्वसधारणको लागि १४ लाख ८५ हजार कित्ता निष्कासन गरेको हो ।
कम्पनीले सर्वसधारणको लागि निष्कासन गरेको मध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि छुट्याएको छ। बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सर्वसाधारणहरुको लागि बिक्री खुला गरेको हो।
कम्पनीले पहिलो चरणमा चैत्र २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैशाख १९ गतेसम्म सार्वजनिक निष्कासन गर्ने जनाइएको छ ।
प्राथमिक शेयरमा आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरमा खाता खोलेकाले अनलाइनबाटै आवदेन दिन सक्ने छन्।
कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
।
FACEBOOK COMMENTS