काठमाण्डौ– एन आई सी एशियाको १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै पटक ल्याएको छ ।
एन आई सी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गर्न लागेको अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो ।
ग्राहकहरुलाई “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाताका योजना अघि सारेको छ ।
उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले रु १५ लाख सम्मको दुर्घटना बिमा १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS