काठमाण्डौँ — नेपालले दुई वर्ष लगातार ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गर्ने एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ ।
नेपालको अर्थतन्त्र स्थिरतातर्फ उन्मुख रहेको जनाउँदै आर्थिक वर्ष २०७५/७६ मा ६.२ प्रतिशत र २०७६/७७ मा ६.३ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने एडीबीले जनाएको हो ।
एडीबीले पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेट जारी गर्दै उक्त प्रक्षेपण गरेको हो ।
भूकम्पपछिको पुनर्निर्माण र प्रदेश एवं स्थानीय सरकारलाई ठूलो परिमाणमा बजेट विनियोजनले अर्थिक वृद्धिमा सहयोग पुगेको एडीबी नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुद्खानोभ बताए ।
सरकारले यस वर्ष करिब ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS