![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गरे ।
‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उनले भने । ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताए ।सो कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताए । उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए ।
FACEBOOK COMMENTS