काठमाडौँ – सरकारले समयमा काम नगर्ने २५ ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ ।
सम्झौता मितिबाट म्याद थपको सुविधा दिंदा समेत काम अघि नबढेपछि कम्पनीलाई कालोसूचिमा राख्ने तयारी भएको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले २५ कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
कालो सूचिमा पर्ने कम्पनीहरुमा आषिश कन्स्ट्रक्सन, मैनाचुली–सरुची जेभी सव कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन, फ्राइन्डस् कन्ट्रक्सन प्रालि, बन्दन–भगवती, मजदुर जेभी, लोहोनी एण्ड ब्रदर्श एमपी कन्ट्रक्सन जेभी, गजुरमुखी कम्पनी प्रालि, एटलस खड्का–कृष्ण जेभी, अञ्जना निर्माण सेवा कम्पनी प्रालि, कुशेश्वर ब्रम्हायणी जेभी, अञ्जना निर्माण सेवा कम्पनी, सिद्धि साई द क्याराभान जेभी, रबिना–त्रिवेत्री–बडिमालिका जेभी, गाल्वा खड्का–कृष्ण जेभी रहेका छन् ।
त्यसैगरी धर्मेन्द्र नान्जिला एण्ड आकाँक्षा जेभी, कुशेश्वर निसान जेभी, नव निर्माण एण्ड कन्सल्टेन्सी सेवा प्रालि, आशिष कन्ट्रक्सन, एटलस थोदुङ खड्का–कृष्ण जेभी, धुलिखेल निशान(कुवर जेभी, सुनकोसी कन्ट्रक्सन नेपाल प्रालि, समानन्तर जगदम्बा नेशनल जेभी, शिभिल निर्माण सेवा र स्काई विल्डर्स प्रालि सहित २५ वटा कम्पनी कालो सूचिमा परेका छन् ।

कार्यालयले कम्पनीहरुलाई पटक–पटक ताकेता गर्दा पनि चासो नदेखाएपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

यी कम्पनीहरुले प्रायः भवन निर्माण सम्बन्धी ठेक्का जिम्मा लिएका छन् ।

कम्पनीहरु माथी खरिद ऐन र खरिद नियमावली २०६४ बमोजिम धरौटी वापतको रकम जफत ठेक्का सम्झौता रद्द र कालो सूचिमा राख्ने तयारी गरेको छ ।