काठमाण्डौं — कर्णाली प्रदेश सरकारले प्रदेश २ का विभिन्न जिल्लाहरुमा आएका हावाहुरीबाट प्रभावितहरुका लागि एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट प्रभावित भएकाहरुका लागि प्रदेश २ ले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बारा, पर्सालगायतका जिल्लाहरुमा आएको हावाहुरीले ठूलो धनजनको क्षति भएकाले कर्णाली प्रदेश सरकारकातर्फबाट एक करोड राहत उपलब्ध गराउने निर्णय भएको बताए।
— नागरीक
FACEBOOK COMMENTS