काठमाण्डौं — यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन्।
४६ आरोही समूहका १९३ आरोहीबाट शनिबारसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रूपैयाँ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ।
सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ।
सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन्।
सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।
कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन्।
मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई–दुई समूहले अनुमति पाएका छन्।
विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ।
FACEBOOK COMMENTS