काठमाडौं । जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बालकालिकाको उज्ज्वल भविष्यका लागि ‘बाल सौगात’ बीमा योजना ल्याएको छ ।
बीमा प्रारम्भपछि बीमालेख चालू रहेको अवस्थामा कुनै अप्रिय घटना भएका बीमालेखको शर्तहरूको अधीनमा रहेर बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै नगन्य थप बीमा शुल्क तिरेर यो सुविधा ‘सानिमा बाल सौगात’ साथ प्रस्तावकले लिएमा बीमालेख चालू रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छूट प्रदानसमेत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् कम्पनीको नयाँ योजनाका सुविधा, फाइदा र विशेषता
बीमा सुविधा भुक्तानीः बीमा प्रारम्भ भएपश्चात् बीमालेख चालू रहेको अवस्थामा कुनै अप्रिय घटना (मृत्यु) भएमा बीमालेखको शर्तहरूको अधीनमा रही बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिने कम्पनीले बताएको छ ।
बीमाशुल्क छूट सुविधाः नगन्य थप बीमाशुल्क तिरी यो सुविधा सानिमा बाल सौगात साथ प्रस्तावकले लिएमा बीमालेख चालू रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छूट प्रदान गरिने कम्पनीको भनाइ छ ।
टीएलआईको व्यवस्थाः कम्पनीका अनुसार पारिवारिक हित र सामाजिक सुरक्षाका लागि न्यूनतम बीमाशुल्क भुक्तानी गरी यो सुविधा सानिमा बाल सौगात जीवन बीमा साथ प्रस्तावकले लिएमा कुनै अप्रिय घटना (मृत्यु) भएमा समेत परिवारलाई एकमुष्ट बीमाङ्क प्रदान गरिने छ । यसबाट आश्रित परिवारलाई मानवोचित जीवनयापन गर्न सरल हुने निश्चित छ ।
कस्तो हो सानिमा बाल सौगात योजना ?
प्रत्येक मातापिताले आफ्ना बालबालिकालाई आधुनिक स्तरको शिक्षादिक्षा प्रदान गरी भविष्यमा देशको गहन दायित्व बहन गर्ने असल नागरिक बनाउने परिकल्पना गरेको हुन्छ । यसका लागि समयमै आर्थिक बचत गर्नु आवश्यक हुन्छ । यस महत्वपूर्ण कार्यलाई सफल पार्ने उद्देश्य लिएर सानिमा लाइफले सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गरेको बताएको छ । बालबच्चाको शिक्षादिक्षाका लागि बचत गर्ने सर्वोत्कृष्ट आर्थिक योजना ‘सानिमा बाल सौगात’ (सावधिक) जीवन बीमा योजना भएको कम्पनीको दाबी छ ।
योजनाका विशेषता (कम्पनीका अनुसार) :
– यस योजनामा बीमा समाप्ती पश्चात् कुनै बीमाशुल्क तिर्नु नपर्ने गरी थप पाँच वर्षका लागि मुल बीमाङ्क बराबरको जोखिम बीमकले बहन गर्ने छ ।
– शर्त अनुसार यस योजनामा प्रथम पाँच वर्षसम्म प्रतिहजार बीमाङ्कमा ग्यारेन्टी बोनस रू. ६५ प्रदान गरिनेछ ।
– न्यूनतम बीमाङ्क रू. ५०,००० र अधिक्तम बीमाङ्क इच्छा र क्षमताअनुसार निर्धारण गर्न सकिने ।
– न्यूनतम प्रवेश उमेर ३ महिना र अधिकतम प्रवेश उमेर ११ वर्ष हुनेछ ।
– न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम बीमा अवधि २१ वर्ष कायम गर्न सकिन्छ ।
– मतापिता बीमा प्रस्तावक भएर बालबच्चाको जीवन बीमा गर्न सकिन्छ ।
– बीमितको १७औं देखि २०औं जन्मोत्सवसम्म बीमाङ्कको २०% का दरले बीमितलाई रकम प्रदान गरिने छ ।
– बीमित २१ वर्ष पुगेपछि बीमा समाप्ती मितिमा बीमाङ्कको २०% र ग्यारेन्टी बोनस तथा नियमानुसारको आर्जित बोनस समेत एकमुष्ट प्रदान गरिनेछ ।
– बीमा अवधिभित्र कुनै अप्रिय घटना (मृत्यु) घटेमा पटक–पटक २०% का दरले बीमितलाई भुक्तानी गरेको रकम गणना नगरी मुल बीमाङ र ग्यारेन्टी बोनससहित नियमानुसार आर्जित बोनस एकमुष्ट प्रदान गरिने छ ।
FACEBOOK COMMENTS