काठमाडौं । कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष तथा नेपाल अटो पत्रकार संघका अध्यक्ष उज्वलजंग शाहले आज मतदान गरेका छन् ।
शाहले आज काठमाडौं महानगरपालिका अन्तर्गत बसन्तपुरको नव आर्दश माविमा गएर मतदान गरेका हुन् । दुई दशक भन्दा लामो समय देखि पत्रकार क्षेत्रमा पत्रकारिता गर्दै आएका शाहले देश विकास तथा निर्माणका लागि नभई नहुने जनप्रतिनिधि छनोट गर्न र जनताले पाएको मतअधिकार सुनिश्चत गर्न पाउँदा आफु उत्साहित भएको बताएका छन् ।
त्यसो त उनी पत्रकारीता र विजनेस क्षेत्रमा बढि रुची राख्ने व्यक्तिका रुपमा परिचित छन् ।
FACEBOOK COMMENTS