काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ ।
सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरुलाई खाना तथा पेय पदार्थमा रु. ५ हजार सम्मको बिलमा १०% र रु. ५ हजार भन्दा माथिको बिलमा १२% छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक श्री बिकास सापकोटा र भज्जु चुल्होका संचालक श्रीमति पार्वती श्रेष्ठले हस्ताक्षर गर्नुभएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
FACEBOOK COMMENTS