प्रज्ञा विसी / सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिको मेयरमा नेकपा एमालेका यज्ञ प्रसाद ढकाल विजयी भएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्दी रामबहादुर सिंहलाई २ सय २४ मतले पराजित गरेका छन्। ढकालले १० हजार २२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएका छन्।
यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै धनसरा बोहरा बिजयी भएकी छन्। बोहराले ९ हजार ६१४ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले ८ हजार ९१३ मत ल्याएका छन्।
भेरीगंगाको वडा नं. १ मा नेपाली कांग्रेसका दिनेश पुलामी मगर ३ सय ३३ मत, वडा नं. ३ मा जीत बहादुर सुनार ६ सय ८मत, वडा नं. ६ मा नेपाली कांग्रेसकै लालसिंह बुढा क्षेत्री ५ सय २४, वडा नं. ७ मा नेपाली कांग्रेसका कर्णबहादुर मिजार ५ सय २२ मत, वडा नं. ८ मा कांग्रेसकै पुसेकामी ९ सय २४ मत, वडा नं. ९ मा कांग्रेसकै प्रेमबहादुर आग्री ८ सय ५७ मत, वडा नं. १० मा कांग्रेसकै बिरबहादुर बस्नेत १ हजार ८७ मत, वडा नं. १२ मा कांग्रेसकै रामबहादुर डाँङ्गी ९सय ७५मत ल्याएर विजयी भएका छन्।
यसैगरी, वडा नं. २ मा नेकपा माओवादी केन्द्रका चिरन्जीबी बुढा ५ सय ७ मत र वडा नं. १३ मा माओवादी केन्द्रकै गणेशबहादुर भण्डारी १ हजार ६ मत ल्याएर विजयी भएका छन्। नेकपा एमालेबाट वडा नं. ४ मा गंगाबहादुर खत्री ९सय ५१ मत, वडा नं. ५ मा प्रेमबहादुर सारु ८ सय ९ मत, वडा नं. ११ मा जय बहादुर नेपाली १ हजार ११६ मत ल्याएर विजयी भएका छन्।
FACEBOOK COMMENTS