काठमाण्डौं– महालेखा परिक्षकको कार्यलयले ५६ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।
महालेखापरिक्षकको कार्यलयले संघ, प्रदेश, स्थानिय तह लगाएत निकायको २०७४÷७५को प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको हो ।
कुल ६ हजार ६ सय ४४ कार्यलयको ५१ खर्ब ६० अर्ब ९२ करोडको लेखापरिक्षण गरेको थियो ।
जसमा १ खर्ब ४१ अर्ब ५ करोड बेरुजू भएको प्रतिवेदमा उल्लेख छ ।
जसमा संघीय सरकारी कार्यलयको कुल रकम २० खर्ब ८ अर्ब ८४ करोडमा १ खर्ब ६ अर्ब ३४ करोड बेरुजू भएको छ ।
त्यस्तै प्रदेश सरकारी कार्यलयको २ अर्ब ६२ करोड रकम मध्ये १९ करोड बेरुजू भएको छ भने स्थानिय तहको ५ खर्व ७१ अर्ब ५१ करोड रकम मध्ये १० अर्ब ३८ करोड बेरुजू भएको छ ।
समिति र अन्य सस्थाको २ खर्ब ५३ अर्व ७२ करोड रकम मध्ये १० अर्ब ३८ करोड रकम बेरुजू भएको प्रतिवेदनमा उल्लेख छ ।
FACEBOOK COMMENTS