काठमाडौं । प्रभु लाईफ इन्सोरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाईँ नियुक्त भएका छन्। संचालक समितिको बुधबार बसेको बैठकले प्रसाईँलाई आगामी ४ वर्षका लागि सिईओमा नियुक्त गरेको हो।
गत बैशाख २२ गते नै प्रसाईलाई सिइओमा नियुक्त गर्ने प्रस्तावसहित कम्पनीले बीमा समितिमा स्वीकृतिका लागि आवेदन पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै सञ्चालक समितिले आजैदेखि कार्यान्वयन हुने गरी नियुक्ति दिइएको हो।
सिईओ प्रसाईँलाई कम्पनीका अध्यक्ष सुभाष अमात्यले सपथ गराएपछि उनले आजैदेखि कार्यभार सम्हालेका छन्। प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।
कम्पनीले गत फागुनमा प्रसाईँलाई सल्लाहकारको रुपमा कम्पनीमा भित्र्याएको थियो। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेर अनुभव बटुलेका छन्।
FACEBOOK COMMENTS