काठमाडौँ । संघीय संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सोमबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने र कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विद्येयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै मन्त्रालयगत विनियोजन विद्येयकमाथि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
