काठमाण्डौँ — हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारामा मेलाको तयारी पूरा भएको छ ।
वैशाख ६ गते शुक्रबारका दिन बालाजु बाइसधारामा मेला लाग्ने मेला व्यवस्थापन समितिले जनाएको छ ।
काठमाडौंको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरेर यसको जानकारी दिएको हो ।
समितिका संयोजक निरन्जन बस्नेतले काठमाडौंको बालाजुमा रहेको बाइसधारा धार्मिक, सांस्कृतिक, पर्यटकीय, ऐतिहासिक हरेक दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मेलामा २ लाख तीर्थयात्री आउने अनुमान गरेको बताए ।
यसको सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले केही बजेट दिने गरेको उनको भनाइ छ ।
धार्मिक किंवदन्तीअनुसार यस दिनमा मेला स्नान गर्नाले शरीरमा भएको रोगब्याधी हराउने तथा परिवारमा सुख शान्ति कायम हुने विश्वास छ ।
FACEBOOK COMMENTS