काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी पुगेका छन्। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा बसेका छन्।
प्रधानमन्त्री देउवाले शनिबार बिहान धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । बेसमेन्ट (जमिन मुनीको तला सहित) छ तल्ले यो भवनमा ३५ कोठा रहेका छन् ।
नेपाल सरकार र उपमहानगरपालिका कार्यालयको रु सात करोड २३ लाखको लागतमा यो भवन निर्माण भएको कार्यालयका इन्जिनीयर उपेन्द्र भट्टले जानकारी दिए।
देश सङ्घीय संरचनामा गएसँगै उपमहानगरपालिका कार्यालयमा बढेको कर्मचारीको सङ्ख्याका कारण देखिएको कार्यकक्षको अभावले दैनिक कार्य सम्पादन गर्न समस्या देखिएको र सेवाग्राहीसमेतलाई सेवा प्रवाह गर्न समस्या भइरहेको अवस्थामा यो नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो । यसअघि आजै प्रधानमन्त्री देउवा कञ्चनपुर जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
FACEBOOK COMMENTS