काठमाडौँ । सरकारले नागरिकता विधेयक अगाडि बढाउने भएको छ। बालुवाटारमा बुधबार सकेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव प्रधानमन्त्रीले गरेको जानकारी दिए।
बुवा नागरिक, आमा नागरिक तर उनका सन्तानहरु नगरिकताविहीन भइराखेको भन्दै प्रधानमन्त्री नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव ल्याएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
मन्त्री कार्कीले विधेयकका लागि गर्नुपर्ने प्रक्रियाहरु पूरा गरेपछि संसदमा पेस गरिने पनि बताए। ‘यसका केही प्रक्रियाहरु हुन्छन्। ती प्रक्रियाहरु पूरा गरेपछि सरकारले विधेयक संसदमा पेस गर्छ,’ उनले भने।
कार्कीले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको जानकारी दिए। ‘गठबन्धनमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल, विश्लेषण भयो’, उनले भने।
FACEBOOK COMMENTS