काठमाडौँ । नेपाल प्रहरीका १७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) का लागि बढुवा सिफारिस भएका छन् ।
हिजो बसेको बढुवा सिफारिस समितिले रिक्त डिआइजी पदका लागि उनीहरुलाई बढुवा सिफारिसको निणर्य गरेको हो । बढुवा सिफारिस हुनेको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर छन् ।
दोस्रोमा मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभागका अशोक सिंह, चौथोमा मानव स्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवाली छन् ।
त्यस्तै, किरण बज्राचार्य, सन्दिप भण्डारी , सुदीप गिरी, मिरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।
FACEBOOK COMMENTS