काठमाडौँ । बन्दिपुर गाउँपालिका–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा हुने भएको छ । उक्त वडास्थित धरमपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्र्तगत रु दुई लाख १३ हजार ५०० मा मेसिन खरिद गरी स्थानीय १२ लाई तालिम प्रदान गरिएको हो । तालिमबाट सीप सिकेका जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिम पश्चात चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
अहिले दैनिक ५०र६० जोर चप्पल उत्पादन हुने गरेको छ । उनले भने, “उत्पादित चप्पल कोसेली घरमा पनि राखेर प्याकेजिङको रुपमा बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।’’ उत्पादित बस्तु बिक्री वितरण र बजारीकरणको लागि गाउँपालिका कार्यालयको भूमिका रहने उनले बताए। बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चार सिलाइ कटाइ मेसिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए।
गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गर्नको लागि सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम गरिरहेको उनले बताए। टपरी बनाउनको लागि १२ जनालाई सहभागी गराएर तालिम प्रदान गरिएको छ ।

FACEBOOK COMMENTS