पुलचोक इन्जिनियरिङ कलेजबाट मेकानिकल इन्जिनियरिङमा ग्रेजुएट गरेका सरोज खड्का दुई वर्ष देखी रोयल इन्फिल्ड एम.भी डुगर ग्रुपमा सर्भिस एण्ड ट्रेनिङ प्रमुखको रूपमा कार्यरत छन् । विश्वमा राम्रो बाण्डको रूपमा स्थापित गराउन सक्षम रोयल इन्फिल्डको नेपाली बजार कस्तो छ ? सिर्भिस एण्ड स्पेयर पार्टस्को फेसिलिटी र नयाँ कुन मोडल आउँदैछ भन्ने विषयमा सरोज खड्कसँग गरिएको कुराकानीः
दुई पांग्रो सवारीको बजार कस्तो छ ?
दुई पांग्रोको लो सेगमेन्टमा धेरै बाण्ड भएर च्यालेन्ज छ तर मार्केट एकदम पोटेन्सियल छ । हामी मिड सेगमेन्टमा भएको कारणले वान अफ द रुलर्स नै हो, मिड सेगमेन्टको लागि । नेपालमा मात्र भारतमा पनि मिड सेगमेन्टमा रोयल इन्फेल्ड अगाडि छ । २५० सीसी देखी ६५० सीसीसम्म हामीले ब्रिकि गरिरहेका छौं ।
रोयल इन्फेइल्डको नेपाली मार्केटमा कति छ खपत ?
हाम्रो वार्षिक टार्गेटको रूपमा हुन्छ । गत आर्थिक वर्षमा ५ हजार ५ सय मोटरसाइकल हामीले बेचेको हो । यो वर्षको हाम्रो टार्गेट भनेको ६ हजार हो ।
सबैभन्दा रुचाएको बाइक कुन हो ?
क्लासिक ३५० हाम्रो सबै भन्दा बिक्री हुने बाइक हो । विश्वभरि नै हेरियो भने पनि यो अत्याधिक रुचाइएको बाइक हो ।
रोयल इन्फिल्डको टर्गेट ग्रुप कुन हो ?
हाम्रो कुनै टार्गेट ग्रुप भन्ने नै हुँदैन । १८ वर्षको युवादेखि ८० वर्षको वृद्धपनि हाम्रो मोटरसाइकल चढिरहेका हुन्छन् । एउटा उदाहरण दिन्छु, नाडा अटो शोमा एक जना वृद्ध आएर सुनाउँदै हुनुहुन्थ्यो – २० वर्षदेखिीरोयल इन्फेल्डको मोटरसाइकल चढिरहेको छु । हामीले कहिले पनि उमेरलाई टार्गेट गरेर बजार प्रवद्र्धन गरेका छैनौं ।
अरू मोटरसाइकल चढ्नु र रोयल इन्फिल्ड चढ्नुमा के फरक छ ?
रोयल इन्फिल्ड प्रविधिसंगै यसको ब्राण्डमा धेरैको विश्वास छ । हामीले १०० वर्ष अघि जुन लुकमा बाइक बेचिरहेका थियौं, अहिले प्रविधिको अपग्रेड गरेर बेचिरहेका छौं । यतिमा मात्र ग्राहक सन्तुष्ट हुनुहुँदैन, उहाँहरूले खोज्ने भनेको सर्भिसिङ एण्ड स्पेयर पार्टस् हो । जुन हाम्रो एकदम राम्रो छ ।
बिक्री भइसकेपछि सबै भन्दा बढी ग्रहाकको चासो सर्भिसिङमा हुन्छ । कसरी सन्तुष्ट पार्नहुन्छ ?
बजारमा एउटा ठट्टा चल्छ– बुलेटलाई पाल्न सक्नेले दुइटा बुढी पनि पाल्न सक्छ । तर हाम्रो कम्पनीको बाइक हेर्ने हो भने त्यो भनाई लागु हुँदैन । लो सेगमेन्टको बाइकमा जस्तै हाम्रो कम्पनीले पनि सजिलै र सस्तोमा पाइरहनु भएको छ । स्पेयर पार्टस् पनि हामीले अहिले १३ प्रतिशतले घटाएका छौं । नेपालका मुख्य शहरमा हामीले सर्भिस दिने गरेका छौं । मेन्टेनेन्स खर्चदेखि सबैकुरा एकदम कम खर्चमा हुन्छ । मिड रेन्जका अन्य कम्पनी र हाम्रो तुलना गर्नुभयो भने हाम्रो एकदमै कम छ । अहिले हामीले वार्षिक मेन्टेनेन्स कन्ट्रयाक्ट अनुसार पनि सर्भिस दिएका छौं । सर्भिसमा चाहिँ हामी एग्रेसिभ भएरै लागेका छौं ।
मानौं हामी काठमाडौंबाट चितवन जाँदैछौं । मुग्लिनमा बाइक व्रिगियो तर तपार्इंहरूको सर्भिस पोइन्ट त्यहाँ छैन भने कसरी सर्भिस दिनुहुन्छ ?
यसमा हाम्रो दुईटा पाटो छ । वार्षीक सर्भिस कन्ट्रयाक्ट गरेको ग्राहकलाई कुनै पनि हिसाबले सर्भिस दिन्छौं । पहिलेकै सहमति अनुसार सर्भिस पोइन्टबाट कति टाढा छ, त्यसैअनुसार शुल्क लिन्छौं । बाइक वारेन्टीमा छ भने त फ्रि सर्भिस नै हुन्छ । तर कसैको मनाङ मुस्ताङमा गएरै बाइक बिग्रियो भने हामिले स्पेयर पार्टस् पठाइदिन्छौं । त्यहाँको लोकल मेकानिकलाई फोनमार्फत वा भिडियो मार्फत सल्लाह दिन्छौं । त्यसरी बनाएका उदाहरण पनि छन् । जहाँ भएपनि सर्भिस हामी दिन्छौं, कहिलेकाहिँ कतै ढिलो हुनसक्छ ।
काठमाडौं उपत्यका बाहिर कुन शहरमा धेरै बिक्री हुन्छ ?
बाइक सेल्सको रूपमा हेर्ने हो भने चितवन र पोखरामा धेरै छ । त्यसपछि आउँछ बुटवल । स्पेयर पार्टस्देखि सर्भिरमा भ्यालि पछिका सेकेन्डरी मार्केट हुन् ।
आर्थिक वर्ष ७५÷७६मा सरकारले मिड र प्रिमियम बाइकमा कर बढाएको थियो, यसले तपाईंहरूको बजारमा कत्तिको प्रभाव प¥यो ?
सरकारले ल्याएको नीतिले बढी हिट गरेको भनेको मिड र प्रिमियम बाइकमा नै हो । १५० सम्मकालाई त्यसले खासै असर गरेन तर हाम्रो त ३५० र ४५० सीसीका बढी हुन । त्यसले आर्थिक वर्ष ७५÷७६ को हाम्रो लक्ष्य पूरा हुन सकेन । यसले धेरै प्रभाव पारेको छ । ७६÷७७ को बजेटमा कर नबढेकोले हाम्रो बजार सन्तुलन हुने विश्वास लिएका छौं ।
महंगो बाइक बैंक ग्यारेन्टी भयो भने किन्ने ग्रहाक बढी हुन्छन् होला…
हाम्रोमा ८० प्रतिशत ग्राहक क्यासमै किन्ने हुनुहुन्छ । २० प्रतिशत हो बैंक ग्यारेन्टी खोज्ने । त्यसमा पनि केही संस्थाबाट हुनुहुन्छ । लोन लिएर हाम्रो बाइक खरिद गर्ने ग्राहक एकदम कम हुनुहुन्छ । हामीले ग्राहकले चाहेमा लोनको सुविधा पनि छ । लुम्बिनी विकास बैंकसँग टाइअप गरेर सहजकर्जा उपलब्ध गराउने गरेका छौं । तर यो संख्या न्युन छ ।
चढेको केही वर्षपछि बिक्री गर्छु भन्दा ‘रिसेल भ्यालु’ कस्तो छ ?
रोयल इन्फिल्डको सबै भन्दा राम्रो रिसेल भ्यालु भएको क्लासिक ३५० हो । ग्राहकको लागि रिसेलको लागि ठाउँ–ठाउँमा क्याम्प गरिरहेकै हुन्छौ । रिसेल क्याम्प, एक्स्चेन्ज क्याम्प भ्याली बाहिर पनि धेरै ठाउँमा गरिरहेका छौं । धेरै ग्राहकको अन्तत चाहना रोयल इन्फिल्ड नै हुने हुँदा हामीले अर्को कुनै कम्पनिको बाइकसँष् एक्स्चेन्ज अफर गरिरहेका हुन्छौं ।
हरेक वर्ष नाडा अटो शो हुन्छ, यो वर्षको नाडा शो के छ ग्राहकको लागि नयाँ मोडल ?
यो पटक हामिले एबिएस र ६५० मा जीटी र सीसी हाम्रो प्राथमिकता छ । एबिएस बिक्री गर्ने हिसाबले शो गर्दैछांै भने ६५० अहिलेलाई शो को रूपमा प्रयोग गर्ने तयारी गरेका छौ ।
सेगमेन्ट अनुसार हेर्दा मार्केटमा तपाईंहरूको प्रतिस्पर्धी को हो ?
भारतमा हेर्ने हो भने जाभा छ । तर नेपालमा हेर्ने हो भने सिसिको सेगमेन्टमा केटीएम र भेनली छ । विक्रीलाई हेर्ने हो भने हामी बजारमा एक्लो हो । हाम्रो सेगमेन्टमा अहिलेसम्म बजारमा कुनै प्रतिस्पर्धी छ जस्तो लाग्दैन ।
बजारमा राम्रो छवि बनाउन सक्नुमा के कुराले मुख्य सहयोग गरेको छ ?
तिनवटा कुरा कारक मानेका छौं । ब्राण्ड, कस्टोमर बोन्डिङ र सर्भिस हो । कस्टोमर बोन्डिङ हाम्रो सपोटिभ हो । आरई फेमली भन्छौं हामीले । रोयर इन्फिल्ड किनेपछि हाम्रो परिवारको सदस्य बन्नुभयो । हामीले टुरिङ लिएर जान्छौं । यसले ग्राहकलाई राम्रो प्रभाव परेको छ । अर्को हाम्रो सर्भिस नै हो । धेरै ठाउँमा सर्भिस पोइन्ट खोलिरहेका छौं ।
FACEBOOK COMMENTS