काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
संचालक समितिको ३०८ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनीहरुलाई आ.व. २०७५÷७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने एक अर्व ४५ लाख २७ हजार नगदलाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्तिगर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS