काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा केही कर्मचारी माग गरेको छ ।
लघुवित्तले साउन ४ गते बुधवार एक सूचना जारी गर्दै केही कर्मचारीको आवश्यकता परेको जानकारी गराएको हो ।
लघुवित्तले अधिकृत छैठौं तहमा एक जना र सहायक तेस्रो तहमा केही कर्मचारीको माग गरेको हो । कनिष्ठ अधिकृत तथा प्रशासन विभागका लागि व्यवस्थापन विषयमा स्नातक तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने कनिष्ठ सहायकका लागि एसईई वा १२ कक्षा उतिर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक योग्य उम्मेदवारले आजका मितिदेखि १५ दिनभित्र अनलाइन मार्फत फारम भर्न सकिने छ । परीक्षा लिखित नभई मौखिक रुपमा मात्र हुनेछ ।
FACEBOOK COMMENTS