काठमाडौं । इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो क्रिप्टोकरेन्सीको अधिकांश हिस्सा बेचेको छ ।
गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो । कम्पनीले आफ्नो बिटक्वाइनको ७५ प्रतिशत बिक्री गरेको बताएको छ, जसको मूल्य २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो।
यस वर्ष क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । टेस्लाले आफ्नो बिटक्वाइन बिक्रीबाट प्राप्त हुने ९३६ मिलियन डलरले परम्परागत मुद्रा किनेको बताएको छ ।
टेस्लाका मालिक एलन मस्कले क्रिप्टोकरेन्सीको सम्बन्धमा सामाजिक सञ्जालमा बेलाबेला विवादित भनाइ सार्वजनिक गर्ने गरेका छन् । यसले क्रिप्टोकरेन्सी बजारमा उतारचढाव ल्याउने गरेको छ ।
फेब्रुअरी २०२१ मा टेस्लाले बिटक्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने बताएको थियो ।
गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर थियो । यो स्तरको गिरावटसँगै बिटक्वाइन आज करिब २५ हजार डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS