काठमाडौं– श्री एयरलाइन्सको क्यू ४००टर्बोप्रोब जहाज आइतबार काठमाडौं आइपुग्ने भएको छ।
डेढ वर्षअघि टर्बोप्रोब जहाज संचालनका लागि अनुमति मागेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणको शर्तैशर्तका कारण बल्ल जहाज आउन लागेको हो।
श्री एयरलाइन्सको अर्को टर्बोप्रोब १५ दिनपछि काठमाडौं आइपुग्ने बताइएको छ । कम्पनीले टर्बोप्रोबमार्फत चितवन,सिमरा,पोखरामा उडान गर्ने जानकारी दिएको छ । श्रीले ल्याउन लागेको जहाज ७८ सीटको जहाज हो।
सुरुमा श्री एयरले ल्याउन लागेको जहाज उपत्यका बाहिर राखेर उडान गर्नुपर्ने र जहाजको प्राविधिकमार्फत अडिट गराएर मात्र इजाजत दिन सकिने शर्त राखेको थियो।प्राधिकरणसँग क्यू–४०० टर्बोप्रोब जहाजको प्राविधिक नभएको भन्दै रोक्ने काम गरेको थियो।तर कम्पनीले प्राधिकरणका कर्मचारीलाई आवश्यक तालिम दिन पठाएको थियो।
FACEBOOK COMMENTS