काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने राप्रपा नेपालको माग छ ।
यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलाबाट जुलुस निकालिएको छ । प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरुको समेत सहभागिता छ ।
राप्रपा नेपाललाई पुर्नजागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रीत भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।
FACEBOOK COMMENTS