काठमाडौं । नेपाल राष्ट्र बैंक अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढाएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्न सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । कोभिड अगाडि ४ प्रतिशत रहेको सीआरआर २०७६ चैत १६ मा एक निर्देशनमार्फत ३ प्रतिशत कायम गरीएको थियो ।
नयाँ नीतिमार्फत राष्ट्र बैंकले वैधानिक तरलता (एसएलआर) अनुपात पनि बढाएको छ । वाणिज्य बैंक १२ प्रतिशत र विकास बैंक र वित्त कम्पनी १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने २०७९ पुषसम्म अवधि दिने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने विद्यमान वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत र ७ प्रतिशत थियो ।
FACEBOOK COMMENTS