काठमाडौं– नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज साउदी अरबकालागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् ।
चेम्बर अफ कमर्शको सचिवालयमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियाका लागि नेपाली राजदूत सिंहसँगको छलफलमा साउदी अरेबियासँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबीयाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । नेपाल र साउदी अरेबीयाबीच आर्थिक एंवव्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रागर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
भेटमा साउदी अरबकालागि नेपाली राजदूत महेन्द्र सिंहले नेपालपर्यटन वर्ष २०२० सफलपार्नलाई साउदी नागरिकका लागिप्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए । उनले नेपालबाट व्यापारीकप्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजनादूताबासको पहलमागर्न आफू तयार रहेको जनाए ।
FACEBOOK COMMENTS