काठमाडौं – चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि काठमाडौं महानगरको राजस्व बिभागले भाद्र १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ । महानगरभित्र ४२ वटा सिनेमा घर छन् । जसमध्ये गएको बर्षमा ४ वटा हलले मात्र कर तिरेको महानगरपालिकाले बताएको छ ।
राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि गम्भीर भएको बताएका छन् । उनका अनुसार गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।
प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।
न्यौपानेले भने ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।’
FACEBOOK COMMENTS