काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्ध लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८ – असार २०७९) सम्ममा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।
यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदन अनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ ।
यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८ देखि सरकारले रक्सी आयात रोकेको छ ।
FACEBOOK COMMENTS