काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको तुलनामा बैंकको नाफा ६२.२७ प्रतिशतले बढेको छ ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी २ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा बढेर ३ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस्तै ,सञ्चालन मुनाफा २ अर्ब १ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड ११ रुपैयाँ रहेको छ ।
९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ रहेको छ । ९३ अर्ब ७२ करोड १ख९ लाख निक्षेप संकलन गरेको बैंकले ८९ अर्ब १७ करोड ३९ लाख कर्जा लगानी रहेको छ । बैंकको खराब कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.५९ प्रतिशत पुगेको छ ।
प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७ पैंसा पैंसा रहेको बैंकको नेटवर्थ प्रतिशेयर १९२ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS