काठमाडौँ । सेयर बजारमा यो साताभरको अवस्था सुखद देखिएको छ ।
नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा शुक्रबार पनि हरियाली नै रह्यो।
साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ ।
शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ ।
जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।
जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS