काठमाडौं– गरिमाविकास बैंक लिमिटेडले मोरङ न.पा. उर्लावारी शाखा कार्यालय तथा एटीएम समेतको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।
उक्त शाखाकार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्ग बहादुर फागो र ईनरुवा न.पा. वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखाकार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहतावाट ताम्रपत्र अनावरण गरि दूई शाखाकार्यालयहरुको समुद्घाटन भएको छ ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागिउत्कृष्ट सेवाप्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदाविकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामाभएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमासदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
FACEBOOK COMMENTS