काठमाडाैं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.९१ अंकले घटेर २०५६.८८ अंकमा झरेको छ ।
यस दिन कारोबार रकम पनि घटेको छ । अज १ अर्ब ९३ करोड ५५ लाख २० हजार १३७ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्य सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । यस दिन नागरिक लगानी कोषको कुल १० करोड ६८ लाख ७९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिभम् सिमेन्टको ६ कारेड ८८ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज बजार घटेपनि हिमालयन हाइड्रोपावरको शेयरमा भने पाेजेटिभ सर्किट लागेको छ । आज यस काम्पनीको शेयर मूल्य २७.५० अंकले बढेर ३०३.३० विन्दुमा पुगेको छ ।
यस दिन २१८ कम्पनीको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS