काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् । रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
देउवाले यी पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
FACEBOOK COMMENTS