काठमाडौं, भदौ १८ । एलजीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त नानो सेल ओलेड टिभी नेपालमा भित्राएको छ । एलजीले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले उक्त टिभी सार्वजनिक गरेका हुन् ।
४।३३ एमएम मोटाई रहेको यो टिभीमा रहेको एआई थिङक्यू विशेषताले गुगल एसिस्टेन्ट र अमाजोन एलेक्सा जस्ता सुविधा दिने चौधरीले बताए । कार्यक्रममा उनले आधुनिक प्रविधिको विकासमा एलजी विश्वमै अग्रणी ब्राण्ड भएको बताउँदै ओलेड प्रविधियुक्त टिभी पहिलो पटक एलजीले नेपालमा भित्राउन सफल भएको बताए ।
सिजी इलेक्ट्रोनिक्सका बजार प्रमुख सञ्जय राजभण्डारीले एलजी ब्राण्ड उपभोक्ताको मनमस्तिस्कमा बसेको लोकप्रिय ब्राण्ड हो भन्दै नानो सेल प्रविधिमा आधारित एलजी ओलेड टिभी हलुका, पातलो र उत्कृष्ट दृश्ययुक्त टिभी भएकोले नेपाली बजारमा लोकप्रिय हुने बताए । नेपाली बजारमा यस टिभीको मूल्य कम्तिमा १९ हजारदेखि आठ लाखसम्ममा पाइनेछ ।
टिभीका विशेषता
– यो टिभीमा रहेको फोरके एक्टिभ एचडीआरले दृश्यलाई अनुकुलन गर्नुका साथै चित्रको गुणस्तरलाई बढाउँछ ।
– टिभीमा भएको अल्फा९जेन प्रोसेसरले टिभीका गतिविधिहरुलाई नियन्त्रण गर्दछ ।
– कम्प्युटरको माउसले जसरी काम गर्ने, भिन्न अनुभव र बेग्लै चित्र प्रदान गर्ने म्याजिक रिमोट ।
FACEBOOK COMMENTS